पोखरा। नवौँ राष्ट्रिय खेलकुदमा पाराग्लाइडर निसिम थापाको निधन नवौँ राष्ट्रिय खेलकुदमा असोचनीय र अकलल्पनीय घटना थियो। सो घटनाले पाराग्लाइडिड खेल स्थगित गरियो। त्यसपछि सो प्रतियोगिता पुनः हुन सकेन।
यद्यपि, असोज २८ गते गरिएको अभ्यास खेलको नतिजालाई नै आधिकारिक नतिजा मानेर पदक विजेताको छिनोफानो गरिएको छ।
जसअनुसार नेपाल आर्मीको प्रतिनिधित्व गरेका स्वर्गीय निसिमले टिम क्रसकन्ट्रीमा रजत पदक जिते। पोखरा सरांगकोटको आकाशमा क्रस कन्ट्री पाराग्लाइडिड खेल्ने क्रममा २६ वर्षीय निसिमको दुर्घटनामा परी मृत्यु भएको हो।
४१ वर्ष लामो इतिहास बोकेको घरेलु खेलकुदको बृहत खेल मेला राष्ट्रिय खेलकुदको इतिहासमा खेलको समयमा खेलाडीको निधन भएको यो पहिलो पटक हो। त्यसपछि सरकारले निसिमको सम्मानस्वरुप स्वर्ण पदक प्रदान गर्ने निर्णय गरेको हो। नेपाल आर्मीको टिम वी विल मिस यु लेखेको ब्यानर सहित पुरस्कार वितरणमा उपस्थिति भएको थियो।
उनको नाममा उनको नाममा पोखरा रंगशालामा अर्धकदको शालिक बन्नेछ। राखेपको बुधबार साँझ बसेको बैठकले निसिमको सम्मानस्वरुप सालिक स्थापना गर्ने निर्णय गरेको हो।