काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोन संवाद गर्दैछन् ।
ओलीले आसन्न चुनावका सन्दर्भमा सर्वसाधारणसँग सुझाव लिन फेसबुकमार्फत नाम र नम्बर टिपाउन सार्वजनिक रूपमा आव्हान गरेका थिए ।
सोही अनुरूप मंगलबार साँझदेखि बिहीबार मध्यान्हसम्म १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको सचिवालयले जनाएको छ ।