काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार गगनकुमार थापालाई स्पष्टीकरण सोधेको छ ।
आफ्ना निर्वाचन क्षेत्रका बासिन्दालाई नि:शुल्क डेंगी परीक्षण तथा परामर्श सेवा दिने, बिरामीलाई चिकित्सकीय परामर्श उपलब्ध गराउने भन्दै थापाले सामाजिक सञ्जालमा ट्वीट गरेको उजुरीको आधार २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको आयोगले जनाएको छ ।