काठमाडौं । सोमबार धनधान्यकी देवी लक्ष्मीको पूजाआरधना गरी दीपावली मनाइएको छ। लक्ष्मीपूजाको साँझ काठमाडौँ उपत्यकाको दृश्य झिलिमिली देखिने गरेको छ।
आज साँझ पनि दीपावलीका क्रममा काठमाडौँ उपत्यका झिलीमिली देखिएको छ।
तिहारका पाँच दिनमध्ये लक्ष्मीपूजाको दिन विशेष हुन्छ। औँसीको रात लक्ष्मीलाई प्रसन्न पार्न घरघरमा उज्यालो पारिएको हुन्छ।
पहिले दियोको प्रकाशबाट उज्यालो पारिन्थ्यो भने अहिले बिजुलीका बत्तीहरुको प्रकाशबाट पनि उज्यालो पारिन्छ।