काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय विष्फोटले नेपाली बालकको मृत्यु भएको घटनाको सत्यतथ्य छानविन गर्न सरकारसँग माग गरेका छन्।
उनले शनिबार सामाजिक सञ्जालमार्फत घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारवाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
दार्चुलाको व्याँस गाउँपालिका–२ तम्बाकुमा भारतको लखिमपुरस्थित चट्टान फुटाउन प्रयोग गरिएको विष्फोटबाट उछुट्टिएको ढुङ्गा लागेर वडा नम्बर २ दुम्लिङका ९ वर्षीय पवन महराको मृत्यु भएको थियो। साथै, ढुङ्गा लागेर १४ वर्षीया बालिका सरिना महरासहित स्थानीय नागरिक घाइते भएका छन्।
नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा दार्चुलाको व्यास गाउँपालिका–२ का बालक महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी बनाएको ओलीले उल्लेख गरेका छन्।
साथै, उनले प्रश्न गरेका छन्, ‘तुइन काटेर गतवर्ष जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको मौनता कहिलेसम्म?