काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निश्चित सपना बोकेर गोरखाबाट चुनाव लडन आएको बताएका छन्।
शनिबार बिहान घरदैलो कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राजनीतिक परिवर्तन र क्रान्ति धेरै भए तर गोरखाका जनताको जनजीवनमा परिवर्तन नभएको बताए।
गोरखा हरेक दृष्टिकोणले महत्वपूर्ण जिल्ला भएको उनले बताए। दाहालले भने,'सायद अहिलेसम्मका निर्वाचनमध्ये यसपटक मेरो लागि सबैभन्दा सहज छ, एक ढंगले भन्ने हो भने गोरखा आउँदा रिल्याक्स जस्तो महसुस गरेको छु। दाहाल गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचनमा लडदैछन्।' गठबन्धनभित्र समेत दरिलो एकता भएको उनको भनाइ छ।