गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आगामी चुनावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने बताएका छन् । गोरखाको सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा मतदाता भेटघाट कार्यक्रममा अध्यक्ष दाहालसहित पुगेका भट्टराईले यस्तो बताएका हुन् ।
०६४ सालमा र ०७४ सालमा भएका दुई निर्वाचनमा यहाँका जनाताहरुले आफूलाई भारी मतका साथ विजयी बनाएको बताए ।तर अब पार्टी र संगठनमा अरु कुनै ढंगबाट सक्रिय रहने उनले बताए । आफूले निर्वाचन जितेपछि बाटो घाटो निर्माण र विकासका कामहरु भएको र केही बाँकी रहेको पनि उनले बताए ।
यस्तै, गठबन्धनको सरकार पाँच वर्ष चल्ने र अबको प्रधानमन्त्री पुष्पकमल दाहाल हुने उनले बताए ।माओवादी अध्यक्ष दाहाल प्रतिनिधिसभा र कांग्रेसका पाण्डे प्रदेशसभा सदस्यमा गोरखा २ बाट आगामी मंसिर ४ मा निर्वाचनमा उठेका छन् ।