काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्।
ललितपुर ३ की उम्मेदवार कार्कीको उम्मेदवारी अयोग्य ठहर गर्दै निर्वाचन आयोगले शनिबार खारेज गरेको थियो।
पेशाले चिकित्सक डा. कार्की नेपाल मेडिकल काउन्सिलको सदस्य रहेको र यो पदको नियमित तलबभत्ता नभए पनि बैठक भत्ता आउने तथा यो लाभको पदमा रहेको व्यक्ति उम्मेदवार बन्न नपाउने व्यवस्थाभित्र पर्ने भएकाले उम्मेवारी खारेज गरेको आयोगले जनाएको थियो।
आयोगको यो निर्णयविरुद्ध डा. कार्कीले सोमबार अधिवक्ताहरुका साथ अदालत पुगेर रिट दायर गरेकी हुन् ।