काठमाडौँ । डेंगु सङ्क्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या ५४ जनाको मृत्यु भएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार नेपालमा सात प्रदेशका ७७ वटा जिल्लाबाट ४६ हजार ७६८ जनामा डेंगु पुष्टि भइसकेको छ ।
इडीसीडीको तथ्याङ्क अनुसार सङ्क्रमित भएका जिल्लामध्ये सबैभन्दा बढी काठमाडौंमा १३ हजार ५६६, ललितपुरमा नौ हजार २९५, मकवानपुरमा पाँच हजार ४५, भक्तपुरमा तीन हजार ९६७, दाङमा दुई हजार २०३, चितवनमा दुई हजार १८०, रुपन्देहीमा एक हजार १७९, धादिङमा एक हजार १५, काभ्रेमा ५१२ सुर्खेतमा ४८० गरी कैलालीमा ४१७ जना गरी सबैभन्दा बढी सङ्क्रमित हुने जिल्लाका रोगीको सङ्ख्या ३९ हजार ४३२ जनामा डेंगु पुष्टि भएको छ ।
यस्तै, प्रदेश अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी ३६ हजार ५५१, लुम्बिनी प्रदेशमा चार हजार ६५६, प्रदेश १ मा एक हजार ७९१, गण्डकी प्रदेशमा एक हजार २६६, सुदूरपश्चिम प्रदेशमा एक हजार १८५, मधेश प्रदेशमा ७६५ र कर्णाली प्रदेशमा ६६४ जनामा डेंगु पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५० हप्तामा शून्यमा झर्ने प्रक्षेपण गरेको छ । मन्त्रालयका अनुसार डेंगु ३६औं हप्तामा उच्च बिन्दुमा पुगेको थियो । मन्त्रालयका अनुसार अहिले डेंगु ४२ औं हप्तामा प्रवेश गरेको छ ।