काठमाडौँ । ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा उम्मेदवार डा तोसिमा कार्कीले सर्वोच्च अदालतको आदेशमा आज उम्मेदवारी कायम भएसँगै जनताको जितको सुरुवात भएको प्रतिक्रिया दिएकी छन् ।
उनले यस अभियानमा साथ दिने सम्पूर्ण शुभचिन्तकलाई धन्यवाद दिँदै बुधबारदेखि चुनावी अभियान सुरु हुने बताएकी छन् ।
बुधबार साँझ ४ बजे जावलाखेलको मण्डलाबाट चुनाव प्रचार प्रसारका थप योजनाहरु सार्वजनिक गर्ने भन्दै उनले त्यसका लागि निम्तासमेत दिएकी छन् ।
न्यायाधीश डा कुमार चुडालको एकल इजलासले आज कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको थियो ।