पोखरा। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिगमनका कारण देश साढ तीन वर्ष अस्थिरतामा धकेलिएकोले लोकतान्त्रिक गठबन्धनको जन्म भएको बताएका छन्।
प्रेस युनियन कास्कीले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता महतले स्थिर राजनीतिका लागि गठबन्धन आवश्यक रहेको बताए।
संविधानको रक्षा, देशको दीर्घकालिन विकास गर्न कांग्रेसको नेतृत्वमा बहुमतको स्थिर सरकार बनाउन आवश्यक रहेको बताए।
नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै नेता महतले भने, ‘जनतालाई आश्वासन मात्र दिएर हुँदैन। उखान टुक्काले देश चल्दैन।’
मुलुकमा राजनीतिक स्थिरताको आवश्यकता कांग्रेसले पुरा गर्ने उनलको दाबी छ।
महतले देशमा वैदेशिक ऋणको दर घटाउने तथा संविधानको मर्म अनुरुप आफुहरु प्रतिबद्ध रहने प्रतिवद्धता जनाए।