धनगढी। धनगढी उपमहानगरपालिकाको सेती प्रादेशिक अस्पताल परिसर अगाडीबाट सडक चौडा पार्ने अभियानको थालनी गरिएको छ।
बुधवार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल स्वयम डोजर लगेर सडक आसपासका संरचनाहरू भत्काउन थालेका हुन्।
बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन उपमहानगरले डोजर चलाएको जनाएको छ।
यस अघि उप–महानगरले दुई पटक सूचना जारी गर्दै सडकको दायाँबायाँ १५÷१५ मिटर क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना असोज मसान्तसम्म हटाइसक्न आग्रह गरेको थियो। तर, उपमहानगरले तोकेको समयमा सडक क्षेत्र खाली नभएपछि डोजर चलाएर संरचना हटाउन थालिएको हो।