पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पूर्वपट्टिको रिठेपानी डाँडा कटान सुरु हुने भएको छ।
उक्त डाँडा कटानका लागि विमानस्थल आयोजनालाई वन मन्त्रालयले केही समयअघि स्वीकृति दिएर टेण्डर प्रक्रिया पनि सकिएको छ। विमानस्थल आयोजना प्रमुख विनेस मुनकमीले उक्त डाँडा ४० मिटर होचो बनाउने योजना छ।
तर १४ मिटर काटेपछि नै परीक्षण उडान गर्न सकिनेछ। विमानस्थल आयोजना प्रमुख मुनकमीका अनुसार रिठेपानी डाँडा कटानपछि उपकरण परीक्षण उडान अर्थात क्यालिब्रेसन उडान गरिनेछ।
भौतिक निर्माणका हिसावले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग जहाज उडानका लागि तयार छ। धावन मार्ग, टर्मिनल भवन र अरु उपकरणको चाँजोपाँजो सबै मिलिसकेको छ। तर मुख्य समस्या रहेको ल्याण्डफिल्ड साइडमा भने अहिलेसम्म कुनै काम हुन सकेको छैन।
विमानस्थल नजिककै ल्यान्डफिल साइट सार्नुपर्ने काम भने बाँकी छ। पोखरा महानगरपालिकाले ल्यान्डफिल्ड साइटका लागि विकल्प तयार पार्न सकेको छैन।
मेयर धनराज आचार्य फोहोर लगेर थुप्रो लगाउने ल्यान्डपिल्ड साइट भन्दा पनि नयाँ विकल्प खोजी भइरहेको बताउँछन्।