काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रोशन कुमार न्यौपानेले पुनर्नियुक्ति पाएका छन् ।
बैंकको बुधवार बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले न्यौपानेलाई पुनः सीईओ बनाएको हो ।हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका न्यौपानेलाई बैंकको सञ्चालक समितिले आगामी मंसिर १५ गतेदेखि लागू हुनेगरी सीईओमा थप ४ वर्ष अवधिको लागि पुर्ननियुक्त गरेको हो ।
न्यौपाने सन् २००८ अप्रिलदेखि तत्कालिन बैैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका थिए ।