काठमाडौँ । निर्वाचन आयोगले काठमाडौं महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई पाँच हजार रुपैयाँ जरिवाना तोकेको छ ।
उनले निर्वाचनमा प्रचार प्रसार गरेको आरोपमा आयेगले जरिवाना लगाएको हो । उनले काठमाडौं ७ को प्रदेश सभा खका नेपाली कांग्रेसका उम्मेदवार सविन तामाङको प्रचार प्रसार गरेको भन्दै आयोगले जरिवाना तिराएको हो ।
रिजालले पहिले आयोगलाई आफू प्रचारप्रसारमा नहिँडेको बताएका थिए । तर, उनको फेसबुकमा पोस्ट भएका तस्वीरबाट उनले सविनलाई जिताऔँ भन्दै स्टाटस लेखेको समेत भेटिएको थियो ।
निर्वाचन आचारसंहितामा स्थानीय तहको कार्यपालिका सदस्यले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रसार प्रसार गर्न नपाउने व्यवस्था छ ।