राति सपनामा तपाईंले नराम्रो घटना देख्नुभएको छ ? कहिलेकाहीँ त त्यस्तो देख्ने सामान्य हुनसक्छ । तर लगातार यस्तो सपना देखियो भने के हुन्छ रु सबैलाई चिन्ताको विषय बन्ने गर्छ यो ।
विभिन्न किसिमका चिन्ता र तनाव तथा थकानका कारण मानिसलाई कम निन्द्रा लाग्ने समस्या पनि पछिल्लो समय बढिरहेको पाइन्छ।
स्विट्जरल्याण्डको युनिभर्सिटी अफ जेनेभामा हालै गरिएको एक अध्ययनको क्रममा यस्तो म्युजिक थेरापी पत्ता लागेको छ, जसले खराब सपनालाई कम गर्छ । साथै, यस्ता सपनाहरू बन्द हुने सम्भावना पनि ४ गुणासम्म बढ्न सक्ने बताइएको छ ।
अनुसन्धानका अनुसार राति सुत्दा संगीत सुन्नेहरूले खराब सपना कम देख्ने गर्छन् । राति संगीत सुन्दै निदाउने हो भने खबर सपना नदेख्नुका साथसाथै राम्रो निद्रा पनि लाग्ने अध्ययनले जनाएको छ ।
संगीतले निद्रामा मानिसको भावनालाई नियन्त्रण गर्ने काम गर्छ। अध्ययनको क्रममा, यो थेरापी हप्तामा कम्तिमा एक पटक डरलाग्दो सपना देख्ने मानिसहरूमा बढी प्रभावकारी साबित भएको बताइएको छ ।
अनुसन्धानकर्ताहरूले यसलाई इमेजरी रिहर्सल थेरापी (आईआरटी) पनि भनेका छन्। अमेरिकन एकेडेमी अफ स्लीप मेडिसिनका अनुसार, ४% भन्दा बढी अमेरिकीहरू खराब सपनाबाट त्रसित छन्।
प्रमुख अनुसन्धानकर्ता डा ल्याम्प्रोस पेरोगाम्रोसका अनुसार म्युजिक थेरापी कुनै पनि औषधि बिना नै सबैभन्दा प्रभावकारी उपचार हो । यसले दुःस्वप्न चार गुणासम्म कम गर्छ ।