काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो एक इन्च पनि जमिन कसैलाई मिच्न नदिने बताएका छन्।
आज दार्चुलाबाट चुनावी विशेष अभियानको थालनी गर्दै ओलीले आफ्नो एक इन्च पनि जमिन कसैलाई मिच्न नदिने बताएका हुन्।
उनले मिचिएको जमिन पनि फिर्ता ल्याउने प्रतिवद्धता जनाए।
उनले भने, ‘राष्ट्रियताको प्रश्नमा आफ्नो एक इन्च जमिन छाड्नेवाला छैन। हामीले संसदबाट नक्सा जारी गरिसकेका छौँ। आज फेरि ग्यारेन्टी गर्न चाहन्छौँ। चुनाव घोषणापत्रमा जारी गर्दा २० वटा ग्यारेन्टी गरेका छौँ।’
ओलीले पछाडि परेको क्षेत्रलाई विकासको मूलधारमा ल्याउनले बताए।
भारत भ्रमणमा जाँदा दिल्ली र उत्ताराखण्डको सहमतिमा झोलुङ्गे पुल बनाएको उनले बताए । दार्चुला र धार्चुलामा पक्की पुल बनाउने ओलीले घोषणा गरे।