कञ्चनपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आम सभामा डा. भीम रावलको खोजी गरिएको छ । शुक्रबार कञ्चनपुरमा भएको चुनावी आमसभालाई सम्बोधनमा केहि कार्यकताले भिम रावलको खोजी गरेका हुन् ।
कार्यकताको त्यो आवाजलाई केही आक्रोशित जस्तो सुनिएर मञ्चबाट प्रतिवादमा उत्रिएका हुन् । भीम रावलको तपाईंलाई किन चिन्ता प¥यो भन्दै जवाफ फर्काएका थिए । यस्तै ओलीले ०४८ सालदेखि एकछिन् मुख खाली नरहेके बताउदै राववलाई बुढो भइसकोको समेत बताए ।
'भीम रावलको तपाईंलाई किन चिन्ता प¥यो ? ०४८ सालदेखि एकछिन् मुख खाली छैन। बुढो भइसक्नुभयो। बेकार किन भीम रावलको चिन्ता, अरुलाई पालो दिनुपर्दैन ? एउटै भीम रावल, भीम रावल। केको खेती गरिराख्यारु के भीम रावल ? थुप्रो रावलहरू हुनुहुन्छ सुदूरपश्चिममा। थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ,’उनले भने । रावलले टिकट नपाएपछि एमालेको एउटा पंक्ति ओलीप्रति असन्तुष्ट छ।