कलैया । मङ्सिर ४ गते हुन लागेको आम निर्वाचनको अब २ साता मात्रै बाकी छ। देशभरिका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरू प्रचार-प्रसारमा व्यस्त छन्।
प्रचार-प्रसारकै क्रममा बारा क्षेत्र न.३ मा वाम-लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का लालबाबु सिंह लोकप्रीय बन्दै गएका छन्।
क्षेत्रका जनतामाझ स्वच्छ छवि बनाएका सिंहलाई जनसमर्थन बढ्दै गएपछि उनी आफू विजय हुने भनी ढुक्क छन्।दैनिक जनतामाझ गइरहेका सिंह सभ्य र शालीन नेताका रूपमा पहिचान बनाएका छन्। पहिलो संविधानसभामा समानुपातिक सदस्य रहेका उनी बेदाग नेताका रूपमा चिनिन्छन्।
नेपाली काँग्रेस बाराको जिल्ला सभापति भइसकेका सिंह उम्मेदवार मोनोनयपत्र दर्ता गर्ने दिन लोसपाको उम्मेदवार बनेपछि उनलाई गठबन्धनका दल मात्रै नभई नेकपा एमाले र जसपाका समर्थकहरूले समेत साथ दिने निश्चित भएको छ।
अन्य उम्मेदवारहरू यसअघि पनि बारा ३ को प्रतिनिधित्व गरिसक्दा समेत विकास तथा परिवर्तनको महसुस गर्न नपाएपछि यसपालि सिंहलाई आफ्नो क्षेत्रको सांसद बनाउन आतुर रहेको स्थानीय नागरिकहरूले बताइरहेका छन्।
बारा क्षेत्र न.३ बाट जनता समाजवादी पार्टी ९जसपा० का रामबाबु कुमार यादव पुनः उम्मेदवार छन्, उनी वर्तमान सांसद समेत हुन। नेकपा एमालेबाट भने यसअघि बारा ३९क० बाट प्रदेशसभा सदस्यमा निर्वाचित ज्वाला साह उम्मेदवार छिन। २०७० सालको आम निर्वाचनमा माओवादी केन्द्रबाट चुनाव जितेकी साह नेकपा विभाजनका बेला एमाले रोजेकी थिइन।
माउ पार्टीले उनलाई कारबाही गरेर निकालेपछि करिब २ वर्ष सो क्षेत्र प्रदेशसभा सांसद विहीन थियो। संसद् विघटनपछि ओली सरकारमा केन्द्रीय मन्त्री बनेकी साह सो अगाडि समेत २ पटक केन्द्रीय मन्त्री बनेकी थिइन। ३ पटक मन्त्री बन्दा समेत क्षेत्रको लागि खासै काम गर्न नसकेकी साहका समर्थकहरुनै सिंहको साथमा लागेपछि उनी कमजोर बनेकी छिन।
यता जसपाबाट सांसद जितेर पुनः उम्मेदवार बनेका यादवले विगतको ५ वर्षमा आफ्ना आसेपासे कार्यकर्ताको पोषण गर्नमा मात्रै व्यस्त रहेको तथा परिवारवादमा लिन भएको भन्दै उनको घरदैलो कार्यक्रम तथा चुनावी सभाहरूमै खुल्ला विरोध हुनथालेपछी उनी तनावमा परेका छन्।
क्षेत्र न।३ भित्रै पर्ने विवादित टाङ्गीय बस्ती मा संसदीय कोषको रकम दुरुपयोग गरि बिजुलीको पोल गाडेपछि उनको विरोधको आगोमा थप घ्यु थपिएको जानकारहरू बताउंछ्न।चुनावको मुखमा अन्ताराष्ट्रिय विमानस्थलका लागि सरकारले खाली गराउन लागेको ईलिगल कब्जा वस्तिमा भोटको राजनीतिका लागि पोल गाडेको भन्दै उनको चौतर्फी आलोचना भइरहेको छ।
यता साह र यादवभन्दा अलग सफा छविका सिंह आम नागरिकको रोजाई बन्न पुगेका छन्। युवा, बुद्धिजीवी, व्यापारी, महिला तथा हरेको वर्गको सहयोग पाइरहेका सिंहको लोकप्रियता बढेसँगै आउने दिनमा क्षेत्रको चौतर्फी विकाश हुने भनी यहाँका जनता ढुक्क छन्।
गठबन्धनका साझा उम्मेदवार सिंहले पनि आफू निर्वाचित भए सर्वप्रथम राजनीतिक कारणले रुकेको मानवता-मटिअर्वा सडक खण्ड अन्तर्गतको औधापुर-विश्वम्भरपुरको सडक निर्माण गराउने तथा कलैयामा ठुला-ठुला योजनाहरू सञ्चालनमा ल्याउने घोषणा समेत गरेका छन्।