काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई स्पष्टीकरण सोधेको छ ।
हाम्रो नेपाली पार्टीका उम्मेदवारले ‘जय लौरा’ नामक फेसबुक पेजबाट लौरो अभियान सञ्चालन गरेको र त्यस अभियानमा प्रमुख बालेन शाहको समेत समर्थन रहेको भन्ने जानकारी पाएपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो ।आयोगले पत्र प्राप्त भएको दुई दिनभित्र स्पष्टिकरण दिन मेयर शाहलाई निर्देशन दिएको छ ।
आयोगले उनलाई ‘अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको सम्बन्ध छ कि छैन?’ भनेर सोधेको छ।