तम्घास। नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले सत्तारुढ गठबन्धनका उम्मेदवार रामकुमारी झाँक्रीलाई सघाउने घोषणा गरेका छन्।
आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा गुल्मीको क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार झाँक्रीलाई जिताउन सघाउने आइतबार पत्रकार सम्मेलनमार्फत उनले घोषणा गरेका हुन्।
आफूले एमाले पार्टी नछाडेको तर पार्टीले कुनै कारबाही गरेमा त्यसको परिणाम भोग्न तयार भएर हुने बताए।
गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव तथा उम्मेदवार गोकर्ण विष्ट झाँक्रीसँग चुनावी मैदानमा छन्।