काठमाडौँ । लामो समयदेखि अस्वस्थ रहेकी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्यमा थप समस्या आएको छ ।
उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् । अहिले उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाइएको छ ।