काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ । आचारसंहिताविपरीत ‘क्याप टोपीको प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
‘आचारसंहिताविपरीत क्याप टोपी किन प्रयोग गरेको ? तपाईंलाइ किन कारबाही नगर्ने ?’ आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ । लामिछाने चितवन २ बाट उम्मेदवार छन् ।