काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँमा झरेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा झरेको छ।
चाँदीको मूल्य भने मंगलबार स्थिर देखिएको छ। चाँदी प्रतितोला १२६५ रुपैयाँमा कारोबार भइरहेको छ।