काठमाडौं। सरकारले धानको समर्थन मूल्य तोकेको छ।
कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ। गतवर्षको तुलनामा यस वर्ष सरकारले धानको समर्थन मूल्य केही बढी तोकेको छ।
मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार सरकारले तोकेको धानको समर्थन मूल्य मोटा धानको प्रतिक्विन्टल दुई हजार ९६७ रुपैयाँ तोकिएको छ भने मध्यम धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १२८ रुपैयाँ तोकेको छ।
गत वर्षको तुलनामा यो वर्ष धानको समर्थन मूल्यमा प्रतिक्विन्टल २२६ रुपैयाँ बढी हो।
मोटा धान प्रतिक्विन्टल २९ सय ६७ र मध्ययम धानको समर्थन मूल्य ३१ सय २८ रुपैयाँ तोकिएको छ।
न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्न ३३ करोड बजेट व्यवस्था गरिएको छ।