काठमाडौं। निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश सभातर्फ मोरङ क्षेत्र नं. ३ को (क) मा नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।
यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि बुधबार आयोगले उक्त दलका लागि उम्मेदवार मनोनयनसहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो।
आयोगको निर्णय अनुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिनेछ।
सम्बन्धित समाचारः
उम्मेदवारको मृत्यु भएको मोरङ ३ (क) मा मङ्सिर ४ मै मतदान हुने