काठमाडौं । बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार तेस्रो जित निकालेको छ ।ढाकामा बुधबार भएको खेलमा भुटानलाई १-० गोल अन्तरले हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको हो ।
नेपालको जितमा सेनु परियारले निर्णायक गोल गरिन् । सेनुले खेलको ४९ औं मिनेटमा गोल गरेकी हुन् ।सेनु वर्षा ओलीको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।भुटानमाथि नेपालको यो लगातार दोस्रो जित हो । पहिलो भेटमा नेपालले भुटानलाई ७-० गोलले हराएको थियो ।
यस जितसँगै नेपालले ३ खेलमा पराजित रहदै ९ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा उक्लिएको छ ।
भुटान अंक विहीन रहदै प्रतियोगिताबाट बाहिरिएको छ । भुटानले ४ खेलमै हार व्यहोर्यो ।आयोजक बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
अब नेपालले अन्तिम खेलमा शुक्रबार बंगलादेशको सामना गर्नेछ । उक्त खेल फाइनल सरहको हुनेछ ।च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने छन् ।