काठमाडौं। झापामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
सामान्य घरविवाद हुँदा श्रीमानले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा २६ वर्षीय श्रीमती सपना गोरडको मृत्यु भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका १ बुधबारे बजारस्थित सुन पसल सञ्चालन गरी बस्ने भारतका ३२ वर्षीय रघुनाथ मारुती गोरड रहेका छन्।
इलाका प्रहरी कार्यालय धुलाबारीका अनुसार श्रीमान श्रीमतीबीच सामान्य विवादमा रघुनाथले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घटनास्थलमै मृत्यु भएको हो।