काठमाडौं। मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (क) मा कांग्रेसका नेता मानबहादुर लिम्बूले उम्मेदवारी दर्ता गरेका छन्।
बिहीबार लिम्बूले मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (क) मा उम्मेदवारी दर्ता गरेका हुन्।
यस क्षेत्रमा कांग्रेसबाट उम्मेदवार तथा प्रदेश नम्बर १ का वनमन्त्रीसमेत रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि लिम्बूले उम्मेदवारी दर्ता गरेका हुन्।
बेलबारी ८ का लिम्बू कांग्रेसका महासमिति सदस्य तथा नेविसंघ मोरङका पूर्वअध्यक्ष हुन्।
सम्बन्धित समाचारः
उम्मेदवारको मृत्युपछि मोरङ ३ को (क) मा नयाँ निर्वाचन कार्यक्रम तय (तालिकासहित)