काठमाडौं। भारतलाई हराउँदै इंग्ल्यान्ड अष्ट्रेलियामा जारी टी–ट्वान्टी विश्वकपको फाइनल प्रवेश गरेको छ।
एडिलेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो।
भारतले दिएको १६९ रनको लक्ष्य इंग्ल्यान्डले १६ ओभरमा बिना विकेटको क्षतिमा पुरा गर्यो। फाइनल पुर्याउन इंग्ल्यान्डका ओपनरद्वय एलेक्स हेल्ले र जस बटलरले सानदार पारी खेले।
हेल्ले ४७ बलमा ८६ रन र बटलर ४९ बलमा ८० रनमा अविजित रहे।
यसअघि पहिला ब्याटिङ गरेको भारतका लागि हार्दिक पाण्डयले सर्वाधिक ६३, विराट कोहलीले ५०, कप्तान रोहित शर्माले २७, सूर्यकुमार यादवले १४ रन बनाउँदा ऋषव पन्त ६ र केएल राहुल ५ रनमा आउट भए।
इंग्ल्यान्डका क्रिस जोर्डनले ३, क्रिस वोक्स र आदील राशिदले १/१ विकेट लिए।
अब इंग्ल्यान्डले टी–ट्वान्टी विश्वकपको उपाधिका लागि आइतबार पाकिस्तानसँग खेल्नेछ।
पाकिस्तानले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ।