काठमाडौं। पछिल्लो २४ घण्टामा दुई जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार २४ घण्टामा दुई जनामा डेंगु सङ्क्रमितको मृत्यु भएको छ।
साथै, पछिल्लो २४ घण्टामा ९१४ जनामा डेंगु पुष्टि भएको छ।
योसँगै नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या ५१ हजार १७७ जना पुगेको भने मृतको सङ्ख्या ५७ पुगेको छ।
डेंगु सङ्क्रमित घट्दो क्रममा भए पनि जोखिम कम भइसकेको छैन।