काठमाडौं। अमेरिकाबाट नेपाल ल्याइएको १० किलो गाँजासहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाइकाछिपाइ ल्याएको अवस्थामा उक्त १० किलो तीन सय ग्राम लागुऔषध गाँजा बरामद गरिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार विमानस्थलमा उक्त पार्सल लिन आउने सल्यानका ४३ वर्षीय वीरबहादुर बुढाथोकी र उनीसँग गाँजा लिन आएका भारतको पूर्वी चम्पारनका २५ वर्षीय राजा कुमारलाई पनि पक्राउ गरिएको छ।