पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफुले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गरे आमाको रगत खाएजस्तो हुने बताएका छन्।
राप्रपाले आज पोखरामा गरेको चुनावी आमसभामा अध्यक्ष लिङ्देनले पछिल्लो समय देशमा भ्रष्टाचार चरम अवस्थामा पुगेको भन्दै आफु सुशासनमा केन्द्रीत रहने बताए।
उनले विगतका तीन दशकमा दलहरुको शासन व्यवस्था जनताले हेरेको र त्यो वाट दुःख पाएको बताए। उनले राजासहितको हिन्दु राष्टको पक्षमा राप्रपा रहेको बताए।
कांग्रेस, कम्युनिष्टका मतदाताहरुलाई पनि यसपालि भोट बदल्न उनले आग्रह गरे।
उनले असफल प्रधानमन्त्री शेरबहादुर देउवालाई फेरि पनि प्रधानमन्त्री हुनबाट रोक्न यसपटक राप्रपाका उम्मेदवारलाई जिताउन आग्रह गरे।