बुटवल। गृहमन्त्री बालकृष्ण खाँणले आगामी निर्वाचनमा गठबन्धनले प्रतिनिधिसभामा १३१ सिट जित्ने दाबी गरेका छन्।
नेपाल दलित संघले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खाँणले आगामी निर्वाचनमा गठबन्धनले प्रतिनिधिसभामा १३१ सिट जित्ने दाबी गरे।
उनले प्रारम्भिक प्रक्षेपणका लागि गोप्य तर, निकै भरपर्दो माध्ययमबाट गरिएको अध्ययनले गठबन्धनले प्रतिनिधिसभामा १३१ सिट जित्ने र एमाले २१ सिटमा खुम्चिने दाबी गरे।
उनले २३ क्षेत्रमा पनि प्रतिस्पर्धामा गठबन्धन भएकाले केही मेहनत गरे जितिने बताए।