काठमाडौं। नेकपा माओवादी (समाजवादी) का केन्द्रीय सचिव मेख बहादुर खत्री ब्रह्माण्डसहितका नेताहरू नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन्।
शनिबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी (समाजवादी) का केन्द्रीय सचिव खत्री, पार्टीका स्थायी कमिटी सदस्य रामप्रसाद मैनालीसहितका नेताहरु एकीकृत समाजवादीमा समाहित भएका हुन्।
पार्टीमा समाहित हुने नेताहरुलार्ई एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले टिका र खादा लगाएर स्वागत गरे।
कार्यक्रममा महासचिव भुसालले समाजवादलाई अवको राजनैतिक कार्यदिशा बनाउने पार्टीहरूसँग विभिन्न ढंगले कार्यगत एकता गर्दे जाने बताए।
कार्यक्रममा पार्टीमा समाहित नेकपा माओवादी (समाजवादी) का केन्द्रीय सचिव ब्रमाण्डले समाजवादको साझा लक्षमा समाहित हुन आफूहरुले माओवादी समाजवादीवाट विद्रोह गरेको बताए। उनले देशभरीबाट आफूहरुको नेतृत्वमा ४६९ नेता कार्यकर्ताहरु एकीकृत समाजवादीमा समाहित हुने र यो अभियान जिल्ला प्रदेश र भूगोलमा एक हप्ता भित्र चल्ने बताए।