काठमाडौं। अष्ट्रेलियामा जारी आठौं संस्करणको आईसीसी टी–२० विश्वकपको उपाधिका लागि आज इंग्ल्याण्ड र पाकिस्तान खेल्दैछन्।
मेलबर्नमा इंग्ल्याण्डले टस जितेर पाकिस्तानलाई ब्याटिङको निम्तो दिएको छ। यी दुई टोलीबीचको उपाधि भिडन्त दिउँसो १ः४५ देखि मेलबर्न क्रिकेट राउन्डमा सुरु हुँदैछ।
हालसम्म पाकिस्तान र इंग्ल्याण्डले एकरएकपटक टी–२० विश्वकपको उपाधि जितेका छन्। यसपटक पाकिस्तान र इंग्ल्याण्ड दोस्रोपटक विश्वकप जित्दै वेस्ट इण्डिजको कीर्तिमान बराबर गर्न चाहन्छन्।