काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेल्धुरामा उम्मेदवारी दिएका सागर ढकालले कुनै चलखेल नभए जित सुनिश्चित भएको दाबी गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत कुनै चलखेल नभए जित सुनिश्चित भएको दाबी गरेका हुन्।
उनले भारतदेखि खाडीमा भएका डडेल्धुराका बासिन्दाले घरमा दिनदिनै फोन गरेर सागर ढकाललाई सुईमा मतदान गर्न भनिदिन आग्रह गरेका छन्।
उनले लेखेका छन्, ‘कुनै चलखेल नभए जित सुनिश्चित नै छ। ईन्डिया, खाडिमा हुनुभएका सम्पुर्ण डडेल्धुरा बासिन्दाले घरमा दिनदिनै फोन गरेर सागर ढकाललाई सुईमा मतदान गर्न भन्नुहोला। आज नवदुर्गा वडा नम्बर २ मा बुडि आमाले ‘नातीले फोन गरेर सुई र धारामा भोट हाल्न भन्याछ’ भन्नुभयो। निकै खुसी लाग्यो। आउनुहोस् है छिटो छिटो सबैजना डडेल्धुरा।’