काठमाडौं। निर्वाचन आयोगले निर्वाचनको समयमा सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ।
आयोगको बैठकले मंसिर २ गतेदेखि ४ गतेसम्म ३ दिन विद्यालयमा र ४ गते मतदान हुने दिन देशैभर सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको हो।
मतदान केन्द्र भएकोले मंसिर २ गतेदेखि ४ गतेसम्म विद्यालयमा सार्वजनिक बिदा दिन आग्रह गरिएको हो।
नेपालमा मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदैछ।