काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु कार्यान्वयन गरेर छोड्ने बताएका छन् ।
सोमवार काठमाडौं क्षेत्र नम्बर ५ मा चुनावी घरदैलो कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले जनताले आफूलाई अत्याधिक बहुमत दिएर जिताए एमालले चुनावी घोषणा पत्रमा गरिएका प्रतिवद्धताहरु कार्यान्वयन गर्ने बताएका हुन् ।
उनले काठमाडौं क्षेत्र नम्बर ५ का मतदाता नेकपा एमालेका उम्मेद्वारहरुले सकारात्मक प्रतिक्रिया दिइरहेको पनि बताए ।
‘काठमाडौं क्षेत्र नं. ५ का मतदाताहरुको नेकपा एमालेका उम्मेद्वाहरुप्रति सकारात्मक प्रतिक्रिया पाएका छौं । यो क्षेत्रमा २०७४ सालको निर्वाचनमा उम्मेद्वार हुँदा जे प्रतिवद्धताहरु जनाएको थिए । ती प्रतिवद्धताहरु अनुरुप सबै काम ग-यौं । काठमाडौं ५ का जनताले एमालेलाई मत दिएर जिताए एमालेले निर्वाचन घोषणापत्रमा गरिएका प्रतिवद्धताहरु कार्यान्वयन गरेर जाने छौं ।’ उनले भने ।
काठमाडौं-५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पोखरेलले चुनावी घरदैलो कार्यक्रम निरन्तर गरिरहेका छन् । उनको घरदैलो कार्यक्रममा नायिका करिश्मा मानन्धरसमेत समेल सहभागी थिइन् ।