काठमाडौं। वाणिज्य बैंकहरूले मंसिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन्।
मंगलबार बिहान बसेको नेपाल बैंकर्स संघको बैठकले मंसिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको हो।
६ महिनापछि गत असोजमा बैंकहरुले औसत १० प्रतिशतका दरले निक्षेपको ब्याजदर बढाएका थिए।
नेपाल बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीका अनुसार बैंकहरुले मंसिरका लागि पनि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत ब्याजदर प्रकाशित गर्नेछन्।