काठमाडौं। वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डे घुससहित पक्राउ परेका छन्।
उनलाई अख्तियारको टोलीले मंगलबार घुससहित पक्राउ गरेको हो। नायब सुब्बा पाण्डे घुस ३० हजार र स्रोत नखुलेको ३२ हजार ५५ रुपैयाँसहित मंगलबार कार्यकक्षबाटै पक्राउ परेका हुन्।
पाण्डेले वदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३० हजार घुस मागेपछि अख्तियारको टोली खटिएको थियो।