काठमाडौं। फिफा विश्वकप २०२२ हेर्नका लागि पाँच सय रुपैयाँ अतिरिक्त लिइने मिडिया हबको निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिने अथवा नदिने विषयमा सुनुवाइका लागि आज पेसी तोकिएको छ।
न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासमा आज दुवै पक्षको उपस्थितिमा बहस हुनेछ।
अधिवक्ता किशोर पौडेललगायतले मिडिया हबको फिफा विश्वकप हेर्न अतिरिक्त शुल्क लाग्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
रिटमा प्रारम्भिक सुनुवाइ पछि न्यायाधीश प्रकाशमान सिहं राउतको एकल इजलासले मिडिया हबको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।