काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेलाई नागरिकता सम्बन्धी विवादमा स्पष्टीकरण सोधेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार लामिछानेलाई बुधबार स्पष्टीकरण सोधिएको हो ।
पत्रको जवाफ र पेस भएका कागजात आयोगको कार्यालयमा पठाइने आचार्यले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चितवन क्षेत्र नं २ का उम्मेदवार बनेका रवि लामिछानेको नागरिकता अवैध भन्दै उम्मेदवारी खारेजीका लागि उजुरी परेपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो ।