चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निजी अस्पतालमा उपचार नगर्ने घोषणा गरेका छन् । चितवनको नारायणगढमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले अबका दिनमा आमजनतासरह सरकारी अस्पतालमा उपचार गर्ने घोषणा गरेका हुन् ।
सभापति लामिछानेले भने, ‘म आफ्नो उपचार एसी भएको रुमभित्र गर्न सक्छु तर मलाई त्यो चाहिँदैन । तपाईंहरूको उपचार जहाँ हुन्छ म त्यही जान्छु । म सरकारी अस्पतालबाहेक अन्त कतै जान्नँ ।’
जनतालाई मारेर बाँच्ने नेताको युग सकिएको लामिछानेको भनाइ छ । सभापति लामिछाने चितवन क्षेत्र नम्बर २ का उम्मेदवार हुन् ।