काठमाडौँ । नेपाल पत्रकार महासंघले आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पत्रकारले सहजरुपमा समाचार सम्प्रेषण गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ ।
महासंघले संविधान जारी भएपछिको दोस्रो पटक हुन गइरहेको यो निर्वाचनले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन समेत शुभेच्छासमेत व्यक्त गरेको छ ।
महासंघका महासचिव रोशन पुरीले शुक्रबार विज्ञप्ति जारी गर्दै निर्वाचनको समयमा आमसञ्चारकर्मीहरूलाई स्वतन्त्र, निर्बाध, सुरक्षित र सहज ढंगबाट समाचार संकलन र संप्रेषण गर्ने वातावरण निर्माण आग्रह गरेका छन् ।