काठमाडौं । आइतबारबाट कतारमा सुरु भएको फिफा विश्वकपमा दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले विजयी सुरुआत गरेको छ ।
अल बायत स्टेडियममा आइतबार राति भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
इक्वेडरको जितका कप्तान इनर भ्यालेन्सिया नायक बन्दै दुई गोल गरे । खेलको १६ औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टीबाट गोल गर्दै इक्वेडरलाई सुरुआती अगता दिलाएका थिए ।
त्यसपछि खेलको ३२ औं मिनेटमा भ्यालेन्सियाले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै इक्वेडरलाई २–० को जित दिलाए ।
यस जितसँगै समूह ए मा रहेको इक्वेडरले पहिलो खेलमै ३ अंक जोडेको छ ।