काठमाडौं । काठमाडौं - १ बाट फेरि प्रकाशमान सिंह निर्वाचित भएका छन् । सिंह ७ हजार १३९ मत ल्याएर विजयी भएका हुन् ।
उनले आफ्ना प्रतिस्पर्धी रवीन्द्र मिश्रलाई १२८ मतान्तरले पराजित गरे । सिंह ७ हजार १३९ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७०११ मत पाएका छन् ।
अघिल्लो निर्वाचन २०७४ सालमा पनि सिंहले मिश्रलाई नै पराजित गरेका थिए । सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।