३४१६२ मतान्तरसहित रवि लामिछाने विजयी
काठमाडौं। चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भारी मतान्तरका साथ विजयी भएका छन्।
लामिछाने ३४१६२ मतान्तरसहित प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्।
दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठ १५०९९ मत ल्याए।
त्यस्तै, एमालेका कृष्णभक्त पोखरेलले १४६४९ मत पाएका छन्।
अन्तिम मतपरिणाम
रवि लामिछाने (रास्वपा)– ४९२६१
उमेश श्रेष्ठ (कांग्रेस)– १५०९९
मतान्तरः ३४१६२
यसअघि काठमाडौंका चारवटा निर्वाचन क्षेत्र र ललितपुरको एउटा निर्वाचन क्षेत्रमा उक्त दलका उम्मेदवारहरू विजयी भएका छन्। उनको दल प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फको गणनामा पनि तेस्रो स्थानमा छ।