काठमाडौं। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएको छ।
पछिल्लो मतपरिणामअनुसार रास्वपाले समानुपातिकतर्फ ३ लाख १४ हजार ५७३ मत ल्यएको छ। रास्वपा अहिले तेस्रो स्थानमा रहेको छ।
योसँगै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय पार्टी बनेको छ। राष्ट्रिय पार्टीको मान्यता पाउन कुनै पार्टीले प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्छ।
उक्त निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा ११० जना सांसद्हरू चुनिन्छन्।
अन्यको कति मत ?
एमाले– ६ लाख १७ हजार ९२०
कांग्रेस– ५ लाख ८५ हजार ३०१
माओवादी– २ लाख ८२ हजार ३७५
राप्रपा– १ लाख ७० हजार ५१५
जसपा– ७६ हजार ६४७
नेपाल मजदुर किसान पार्टी– ५१ हजार ५९५
जनमत पार्टी– ५० हजार ५३५
नागरिक उन्मुक्ति पार्टी– ४८ हजार ८८५
एकीकृत समाजवादी– ४१३५५
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल– ३४५०३
हाम्रो नेपाली पार्टी– २३५०२
राष्ट्रिय जनमोर्चा– १७०४५
यो मतपरिणाम बिहीबार अपराह्न साढे ४ बजेसम्मको हो।