काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा झड्का व्यहोरेको छ । पाँच वर्ष अघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षमा मात्र ३६ सिट जितेर निर्णायक बनेको माओवादी केन्द्र यसपटक भने १७ सिटमा खुम्चिएको छ ।
माओवादीले सत्ता गठबन्धनसँगको साझेदारीमा ४५ सिटमा उम्मेदवारी दिए पनि १७ सिटमा मात्रै विजयी हासिल गरेको छ ।